स्थानीय तह उपनिर्वाचनको मौन अवधि आज रातिदेखि सुरु हुँदै
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेदेखि सुरु हुँदै छ ।
मतदानको ४८ घण्टा अघिबाट प्रचारप्रसार लगायतका गतिविधि गर्न नपाइने प्रावधानअनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । स्थानीय तहका रिक्त स्थानमा यही मंसिर १६ गते मतदान हुँदैछ ।
निर्वाचन आयोगले आज राति १२ बजेबाट मौन अवधि सुरु हुने जनाउँदै भौतिक वा भर्चुअल दुवै माध्यमबाट मत माग्न नपाइने जनाएको छ ।
स्वच्थ, स्वच्छ र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सबैको भएको जनाउँदै आयोगले सहयोगका लागि सबैसँग अपिल गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया