स्थानीय तह उपनिर्वाचनको मौन अवधि आज रातिदेखि सुरु हुँदै

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेदेखि सुरु हुँदै छ ।
मतदानको ४८ घण्टा अघिबाट प्रचारप्रसार लगायतका गतिविधि गर्न नपाइने प्रावधानअनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । स्थानीय तहका रिक्त स्थानमा यही मंसिर १६ गते मतदान हुँदैछ ।
निर्वाचन आयोगले आज राति १२ बजेबाट मौन अवधि सुरु हुने जनाउँदै भौतिक वा भर्चुअल दुवै माध्यमबाट मत माग्न नपाइने जनाएको छ ।
स्वच्थ, स्वच्छ र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सबैको भएको जनाउँदै आयोगले सहयोगका लागि सबैसँग अपिल गरेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया