एक इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । तोकिएको समयभित्र नवीकरण नगरेपछि प्राधिकरणले नेट म्याक्स टेक्नोलोजिज प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।
नेट म्याक्सले तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।
नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो ।
प्राधिकरणले नियमानुार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ । तोकिएको समयभित्र आर्थिक दायित्व भुक्तान नगरेमा कानूनअनुसार कारबाही गर्ने उसको चेतावनी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया