स्थानीय तहमा रास्वपाको पहिलो जित, श्रेष्ठ बनिन् वडाध्यक्ष
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रोजिना श्रेष्ठ विजयी बनेकी छन् । स्थानीय तहमा रास्वपाले निकालेको यो पहिलो जित हो ।
आइतबार सम्पन्न निर्वाचनमा श्रेष्ठ २ हजार ९०२ मतका साथ विजयी बनेकी हुन् । श्रेष्ठलाई नजिकबाट पछ्याएका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत पाउँदा कांग्रेसका देवेन्द्र पाठक २ हजार २१४ मतमा रोकिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी मुकुन्द रिजालको निधन भएपछि आइतबार यो वडामा उपनिर्वाचन भएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया