दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमाले विजयी
काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी बनेका छन् । नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई रोक्दै शाही गाउँपालिका अध्यक्षमा विजयी बनेका हुन् ।
एमालेका शाहीले ३१२७ मतका साथ जित दर्ता गराउँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा रोकिए ।
माओवादीका जंगबहादुर बराल मगरले ८४२, रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाए ।
यसअघि एकीकृत समाजवादीका केन्द्रीय सदस्य र दैलेख अध्यक्ष रहेका शाही उपनिर्वाचनको उम्मेदवारी दर्ताअघि मात्रै एमालेमा फर्किएका थिए ।
यो पालिकामा यसअघि कांग्रेस विजयी भएको थियो ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया