दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमाले विजयी

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी बनेका छन् । नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई रोक्दै शाही गाउँपालिका अध्यक्षमा विजयी बनेका हुन् ।
एमालेका शाहीले ३१२७ मतका साथ जित दर्ता गराउँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा रोकिए ।
माओवादीका जंगबहादुर बराल मगरले ८४२, रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाए ।
यसअघि एकीकृत समाजवादीका केन्द्रीय सदस्य र दैलेख अध्यक्ष रहेका शाही उपनिर्वाचनको उम्मेदवारी दर्ताअघि मात्रै एमालेमा फर्किएका थिए ।
यो पालिकामा यसअघि कांग्रेस विजयी भएको थियो ।
ताजा अपडेट
-
रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आजका लागि कुन देशको मुद्राको मूल्य कति छ ?
-
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
-
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान
प्रतिक्रिया