प्राधिकरणको जिन्सी शाखामा ठूलो घोटाला, ७ करोडका विद्युतीय सामान गायब
छानबिन समितिले ग–यो संलग्नमाथि कारबाही सिफारिस

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु. सात करोड बराबरका सामान गायब भएको पुष्टि भएको छ । जिन्सी शाखामा राखिएको सामान दुरूपयोग भएको पुष्टिपछि त्यसमा संलग्नविरुद्ध प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएकाे छ ।
हेटौंडास्थित केन्द्रीय जिन्सी शाखाबाट सामान हराएको गुनासोपछि छानबिन समिति गठन गरिएको थियो । यसबारे अध्ययन गरेर प्रतिवेदन दिने कार्यादेश पाएको समितिले ७ करोडका सामान हराएको निचोड निकालेको हो ।
छानबिन समितिका अनुसार, विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएका हुन् ।
केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले हेटौंडास्थित केन्द्रीय जिन्सी शाखाबाट रु सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणका खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।
हेटौंडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि घटना सार्वजनिक भएकाे थियाे ।
‘खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्,’ महाशाखा प्रमुख झाले भने, ‘अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर रु सात करोड बराबरका सामान अझै गायब छन् ।’
तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया