NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ सम्हालेको जनकपुरले पूरै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन जोडेको हो ।

निकै राम्रो सुरुवात गरेको जनकपुरको लय अनिल साह आउट भएसँगै बिग्रिएको थियो । त्यसपछि खेलमा हाबी हुँदै लुम्बिनीले जनकपुरलाई दबाबमा राखिरह्यो ।

जनकपुरका लागि अनिल साहले सर्वाधिक ४५ रन बनाए । ३७ बलमा चार छक्का र एक चौका हिर्काउँदै उनले ४५ रन बनाएका हुन् । आजको खेलमा अनिललाई दोस्रो अर्धशतक बनाउने अवसर थियो । तर ५ रनले उनले उक्त अवसर गुमाएका छन् ।

त्यसैगरी, लाहिरु मिलन्थाले २७ र आशिफ शेखले १६ रन बनाए । शुभ कंसाकार २४ बलमा २२ रन जोडेर अविजित रहे । यसबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

जनकपुरको बेगलाई १३६ रनमा जोड्न लुम्बिनीका अभिषेक गौतमले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्रै २० रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, कप्तान रोहित पौडेल, साद विन जफरले २÷२ तथा सन्दीप जोराले १ विकेट लिए ।