रविलाई अदालत उपस्थित गराइयो, थप १३ दिनको समय माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न नेपाल प्रहरीले थप १३ दिनको समय माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले आइतबार बिहान लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदै १३ दिनको समय माग गरेको हो । रविमाथि अनुसन्धानका लागि अदालतले यसअघि उपलब्ध गराएको समय गत शुक्रबार सकिएको थियो ।
सहकारी ठगी प्रकरणअनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने त्यसयता नेपाल प्रहरीको कास्कीस्थित हिरासतमा छन् । उनलाई यो बीचमा रूपन्देही, काठमाडौं, चितवन पु–याइसकिएको छ भने अब पर्सा लैजाने तयारी गरिएको छ ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
संसदीय छानबिन समितिको सिफारिसका आधारमा पक्राउ परेका लामिछाने र उनको दल रास्वपाले भने राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया