लोक सेवा आयोगले माग्यो २९८ शाखा अधिकृत
काठमाडौं । लोक सेवा आयोगले २९८ शाखा अधिकृतमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेगरी आयोगले आफ्नो नियमित कार्यतालिका अनुसार शाखा अधिकृत पदमा बुधबार आवेदन आह्वान गरेको हो ।
न्याय, निजामती र राष्ट्रिय मानव अधिकार सेवाका लागि विज्ञापन गरेको आयोगले निजामती सेवा (प्रशासन, लेखापरीक्षण, परराष्ट्र र संघीय संसद्) का लागि सबैभन्दा बढी २१३ जना शाखा अधिकृत माग गरेको छ । त्यस्तै, न्याय सेवातर्फ ८१ र राष्ट्रिय मानव अधिकार सेवातर्फ ४ शाखा अधिकृतमा आवेदन खुलाइएको छ ।
आयोगले विज्ञापनसँगै लिखित परीक्षा कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार, न्याय सेवाको संयुक्त लिखित परीक्षा कार्यक्रम ०८१ चैत २२ देखि, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद् सेवातर्फको प्रशासनिक अभिरुचि परीक्षण माघ २६ गते र राष्ट्रिय मानव अधिकार सेवातर्फको लिखित परीक्षा चैत २१ गतेदेखि सञ्चालन हुनेछ ।
आयोगले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आगामी पुस १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर भने पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् विज्ञापन
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया