लोक सेवा आयोगले माग्यो २९८ शाखा अधिकृत

काठमाडौं । लोक सेवा आयोगले २९८ शाखा अधिकृतमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेगरी आयोगले आफ्नो नियमित कार्यतालिका अनुसार शाखा अधिकृत पदमा बुधबार आवेदन आह्वान गरेको हो ।
न्याय, निजामती र राष्ट्रिय मानव अधिकार सेवाका लागि विज्ञापन गरेको आयोगले निजामती सेवा (प्रशासन, लेखापरीक्षण, परराष्ट्र र संघीय संसद्) का लागि सबैभन्दा बढी २१३ जना शाखा अधिकृत माग गरेको छ । त्यस्तै, न्याय सेवातर्फ ८१ र राष्ट्रिय मानव अधिकार सेवातर्फ ४ शाखा अधिकृतमा आवेदन खुलाइएको छ ।
आयोगले विज्ञापनसँगै लिखित परीक्षा कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार, न्याय सेवाको संयुक्त लिखित परीक्षा कार्यक्रम ०८१ चैत २२ देखि, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद् सेवातर्फको प्रशासनिक अभिरुचि परीक्षण माघ २६ गते र राष्ट्रिय मानव अधिकार सेवातर्फको लिखित परीक्षा चैत २१ गतेदेखि सञ्चालन हुनेछ ।
आयोगले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आगामी पुस १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर भने पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् विज्ञापन
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया