NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

दुई विश्वविद्यालयले पायो उपकुलपति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. वेदराज केसीलाई नियुक्त गरेका छन् ।

दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष समेत रहेका प्रा.डा. नेपालसँग विश्वविद्यालयका परीक्षा नियन्त्रकको अनुभव पनि छ । त्यस्तै नेपाल नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको पूर्वमहासचिव पनि हुन् ।

प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपाल १३ प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन् ।

त्यसैगरी, पोखरा विश्वविद्यालयमा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै केसी नियुक्त भएका छन् । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष