रविको मुद्दा अभियोजन हुने जिल्लामा न्यायाधीश सरुवा
काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ । यसरी न्यायाधीश सरुवा गरिएकामा रविको मुद्दा अभियोजन हुने जिल्ला पनि छन् ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिए ।
बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो । रविको मुद्दा अभियोजन हुने पर्सा जिल्लामा दुई न्यायाधीश सिफारिस गरिएको छ । जिल्ला अदालत काठमाडौंमा कार्यरत उत्तम सिलुवाल र सिराहा जिल्ला अदालतमा कार्यरत न्यायाधीश उपेन्द्रकेशर खनाललाई पर्सा जिल्ला अदालत सरुवा गरिएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया