नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…
काठमाडौं । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ ।
एक बिरामी नक्कली चिकित्सकको भरमा पर्दा उपचारको साटो लुटिएका छन् । केही दिनअघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले आज सार्वजनिक गरेपछि घटना विवरण सार्वजनिक भएको हो ।
नक्कली डाक्टर बनी लुटपाटमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४, आरूखर्कबाट पक्राउ गरेको हो ।
उनको साथबाट रु ५९ हजार तीन सय ६० र मोबाइल तीन थान बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए ।
उपचारका नाममा उनले बेहोस हुने औषधि खुवाई बिरामीलाई बेहोस पारेर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद रु तीन लाख चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई आजै चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया