भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
पार्टीबाट निष्कासित भएपछि पहिलो पटक रावलले औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।
एमालेले गरेको कारबाही र भावी योजनाबारे जानकारी दिन बुधबार दिउँसो १ बजे कार्की ब्यांक्वेट, बबरमहलमा पत्रकार सम्मेलन गर्न लागेको रावलको सचिवालयले जनाएको छ ।
एमालेबाट निष्कासित रावलले एमालेभित्रका असन्तुष्ट र बाहिर रहेका अन्य व्यक्ति समेटेर गैरकम्युनिस्ट दल खोल्न लागेको प्रचार भइरहेको छ । रावलको सचिवालयले भने प्रचार गरिएजस्तो हतारमा दल खोल्ने पक्षमा उनी नरहेको स्पष्ट पारेको छ ।
एमालेको वर्तमान नेतृत्वविरुद्ध फरक मत राख्दै आएका रावल यसकै कारण लामो समयदेखि किरानामा पर्दै आएका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा टिकट नै नदिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पनि उनलाई भूमिकाविहीन बनाएर राखेका थिए ।
पार्टी कार्यालय निर्माणका लागि विवादास्पद व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गरेपछि रावल झनै ओलीको तारो बन्न पुगेका थिए । उक्त प्रकरणपछि एमालेले पार्टी अनुशासनविपरीत गएर अभिव्यक्ति दिएको भन्दै रावलसँग स्पष्टीकरण सोधेको थियो । तर रावलले स्पष्टीकरणको जवाफ दिएनन् । यहीबीच गत पुस १० गतेको सचिवालय बैठकले पार्टी अनुशासनविपरीतको कार्य लगातार जारी राखेको भन्दै रावललाई पार्टीको संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया