अपडेट : तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । मंगलबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बतको दिंगे कान्टी रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
उक्त भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको छ ।
भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट सुनसरीमा १०४ किलो गाँजा बरामद, चालक फरार
-
भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा


प्रतिक्रिया