हलले ‘ए मेरो हजुर–४’ हटाएपछि रिसाए अशोक शर्मा

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शो घटाएपछि नेपाल चलचित्र संघका महासचिव तथा फिल्म निर्माता अशोक शर्माले हल सञ्चालकहरूलाई चेतावनी दिएका छन् ।
उनले फेसबुकमा स्ट्याटस लेख्दै अब आउन सक्ने आँधीबेहरीको सामनाका लागि तयार हुन भनेका छन् । फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।
वैशाख १ गतेबाट भारतीय चलचित्र ‘केजिएफ २’ र ‘ए मेरो हजुर-४’ सँगै हलमा रिलिज भएका थिए । हल सञ्चालकहरुले ‘केजिएफ २’ प्राथमिकता दिएर फिल्म चलाइरहेका छन् ।
‘केजीएफ २’को दबदबाबीच ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा सुखद् कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन फिल्मले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले शो घटाएका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया