प्रदेश लोक सेवा आयोगले माग्यो सहायकदेखि भेटेरिनरीसम्मका पदमा ३८ जनशक्ति

काठमाडौं । प्रदेश लोक सेवा आयोग, मधेस प्रदेशले प्राविधिक तथा अप्राविधिक पदहरूमा ३८ जनशक्ति माग गरेको छ ।
खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी बिहीबार आयोगले प्रशासन सहायक, कृषि बाली विकास, कृषि माटो विज्ञान, कृषि मत्स्य र कृषि भेटेरिनरी पदमा जनशक्ति माग गरेको हो ।
प्रशासन सहायकमा सबैभन्दा धेरै ३१ जनशक्ति माग गरिएको छ । त्यस्तै, कृषि बाली विकासमा १, कृषि माटो विज्ञानमा २, कृषि मत्स्यमा १ र कृषि भेटेरिनरीमा ३ सिटमा आवेदन मागिएको छ ।
दरखास्त बिहीबारदेखि आगामी माघ १६ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर भने माघ २३ गतेसम्म आवेदन बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया