प्रदेश लोक सेवा आयोगले माग्यो सहायकदेखि भेटेरिनरीसम्मका पदमा ३८ जनशक्ति
काठमाडौं । प्रदेश लोक सेवा आयोग, मधेस प्रदेशले प्राविधिक तथा अप्राविधिक पदहरूमा ३८ जनशक्ति माग गरेको छ ।
खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी बिहीबार आयोगले प्रशासन सहायक, कृषि बाली विकास, कृषि माटो विज्ञान, कृषि मत्स्य र कृषि भेटेरिनरी पदमा जनशक्ति माग गरेको हो ।
प्रशासन सहायकमा सबैभन्दा धेरै ३१ जनशक्ति माग गरिएको छ । त्यस्तै, कृषि बाली विकासमा १, कृषि माटो विज्ञानमा २, कृषि मत्स्यमा १ र कृषि भेटेरिनरीमा ३ सिटमा आवेदन मागिएको छ ।
दरखास्त बिहीबारदेखि आगामी माघ १६ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर भने माघ २३ गतेसम्म आवेदन बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी



प्रतिक्रिया