कन्दराको सांगीतिक कार्यक्रम सर्यो
काठमाडौ । कन्दरा ब्याण्डको सांगीतिक कार्यक्रमको मिति सरेको छ ।
यसअघि एफ सेभेन इन्टरनेशनलको आयोजनमा जनवरी ११ तारिख दुबईस्थित क्लब एस.के.सेभेन र १२ तारिख अबुधबीमा हुने भनिएको कार्यक्रम केही पछाडी हुन लागेको कन्दराले विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
अब सो सांगीतिक कार्यक्रम UBOC Hospitality को आयोजनमा यहि जनवरी १८ मा बुर दुबई, युएईको क्लब एसके सेभेनमा हुने छ ।
कार्यक्रम नजिकिंदै जाँदा आयोजकले कार्यक्रमको पूर्ण तयारी सम्बन्धमा आश्वस्त नगरेमा कार्यक्रम रद्द अथवा स्थगित हुने अग्रीम जानकारी गराए अनुसार नै दुबईको कार्यक्रम रद्द भएको कन्दराले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । दोहा कतारमा भने पूर्व निर्धारीत मिती र स्थानमा नै कन्दराको सांगीतिक प्रस्तुती हुने कन्दराले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया