महानगरपालिकाले निष्क्रिय पार्यो काठमाडौं भ्युटावरको नक्सा
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय पारेको छ । भ्युटावरको नक्सालाई लिएर विवाद बढिरहेका बेला महानगरपालिकाले प्रक्रिया निष्क्रिय पार्ने निर्णय गरेको हो ।
भ्युटावर भवनको नक्सा पास सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरिएकाले त्यसबाट प्रतिवेदन प्राप्त नहुँदासम्मका लागि नक्सा पास प्रक्रिया निष्क्रिय पारिएको महानगरपालिकाले जनाएको छ ।
योसँगै भ्युटावर निर्माणको कार्यसमेत स्थगन हुने भएको छ ।
पुरानो बसपार्कमा भ्युटावर निर्माण गर्न महानगरपालिकाले टेण्डर प्रक्रिया अघि बढाएकोमा जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालि छनोट भएको थियो । ०७१ फागुन २२ मा दुई पक्षबीच सम्झौता भएर निर्माण कार्य चलिरहेको सन्दर्भमा बीच बीचमा झमेला हुँदा निर्माण प्रक्रियाले गति लिन सकेको थिएन । यहीबीच नक्सालाई लिएर विवाद उत्पन्न भएपछि महानगरपालिकाले अहिले समिति गठन गरेर यसमाथि छानबिन गराइरहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया