रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
आइतबार सुरु भएको थुनछेक बहसमा सामेल गराउन उनलाई प्रहरीले बुधबार बिहान कार्यालय खुलेपछि अदालतमा उपस्थित गराएको हो ।
जिल्ला अदालत काठमाडौंमा रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग लगाएर मुद्दा दायर भएको छ ।
जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख धरौटीमा रिहा भएर काठमाडौंमा हाजिर भएका रविको मुद्दा जिल्ला न्यायाीध माधवप्रसाद अधिकारीको इजलासमा परेको छ । जसमा सरकारी वकिल र जाहेरीवाला वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ भने बुधबारबाट रवि पक्षका वकिलले बहस गर्नेछन् । सरकारी वकिल र जाहेरवालातर्फका वकिलले रवि सहकारी ठगीमा संलग्न भएको जिकिर गर्दै उनलाई थुनामा पठाउनुपर्ने माग गरेका छन् । त्यसपछि जाहेरवाला र सरकारी वकिलको जवाफी बहस हुनेछ ।
थुनछेक बहसको प्रक्रिया सकिएपछि न्यायाधीशले साधारण तारखे र धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिनेछन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया