धरौटी बुझाएर रिहा भए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा प्रहरीको न्यायिक हिरासतमा रहेका लामिछानेको थुनछेक बहस सोमबारबाट सुरु भएकोमा बुधबार सकिएको थियो । बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशबमोजिम धरौटीबापतको रकम बैंक ग्यारेन्टी गरेर लामिछाने छुटेका हुन् ।
यसअघि जिल्ला अदालत कास्कीबाट पनि लामिछाने धरौटीमा छुटेका थिए । जिल्ला न्यायाधीश नीतिश राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रविविरुद्ध अझै तीन जिल्लामा सहकारी ठगी गरेको अभियोग बाँकी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया