प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
काठमाडौं । अमेरिकामा माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द भएको छ । टिकटकमाथि लगाइएको प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघिबाटै अमेरिकामा टिकटक चल्न छाडेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा यतिबेला ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश प्राप्त गरिरहेका छन् ।
जसको कारणमा अमेरिकी कानूनले लगाएको प्रतिबन्ध उल्लेख छ ।
बिबिसी समाचारका अनुसार, धेरै प्रयोगकर्ताहरूले टिकटक एप स्टोरबाटै हटाइएको र भिडियोहरू टिकटक डटकममा पनि नभेटिएको बताएका छन् ।
टिकटकले भने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएपछि समस्या समाधान गर्ने संकेत गरेको जनाएको छ ।
ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका छन्।
शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला दिएपछि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढेको हो ।
त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया