प्रचण्ड आज किन जाँदैछन् ओलीको जन्मस्थान आठराई ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार तेह्रथुम निस्कँदैछन् । जिल्लाका विभिन्न कार्यक्रममा सहभागिताका लागि प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।
तेह्रथुममा सोमबार र मंगलबार आयोजना हुने पार्टीका कार्यक्रममा सहभागिताका निम्ति उपमहासचिव वर्षमान पुनसँगै सैनिक हेलिकप्टरमा प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।
सोमबार प्रचण्डले शहीद धनरूपा पार्कको उद्घाटन गर्दैछन् । यो पार्क हालै लालीगुराँस नगरपालिका–७, लसुनेमा निर्माण गरिएको छ ।
त्यहाँबाट प्रचण्ड आजै आठराई गाउँपालिका–३, ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्न जाँदैछन् । त्यहाँ २०५८ साल माघ १४ गते सेनाको आक्रमणमा माओवादीका १८ लडाकु र ३ सर्वसाधारण मारिएका थिए ।
आठराई एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान हो ।
यसबाहेक प्रचण्डले अन्य विभिन्न स्थानको समेत अवलोकन गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया