रास्वपा सभापति लामिछाने सिंहदरबारमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामो समयपछि सिंहदरबार पुगेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेट्न लामिछाने केहीबेर अघि सिंहदरबार पुगेका हुन् ।
दुईबीच अहिले भेटघाट चलिरहेको छ । भेटमा रविले आफ्नो सांसद पद निलम्बन गरिनुको कारणबारे जिज्ञासा राख्ने बताइएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको सांसद् पद उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै निलम्वनमा राखिएको छ । प्रहरीले पठाएको पत्रका आधारमा संसद् सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो । रवि र उनको दल रास्वपाले कानूनको अपव्याख्या गरेर निलम्बनको कदम उठाइएको भन्दै त्यसको आलोचना गर्दै आइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया