सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो ।
उक्त तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत रहेको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । तीन वटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया