सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो ।
उक्त तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत रहेको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । तीन वटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया