रोनाल्डो चम्किँदा युनाइटेडको च्याम्पियन्स लिग खेल्ने आशा जीवितै
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो राेनाल्डोले आफ्नो खेल जीवनको ६० औँ ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडको अर्को वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता खेल्ने सम्भावना जीवितै रहेको छ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति घरेलु मैदानमा रोनाल्डोले नर्विच सिटीविरुद्ध ह्याट्रिक गर्दै युनाइटेडको सम्भावना जीवितै राखेका हुन् ।
सातौं स्थानमा रहेको युनाइटेड पाँचौमा उक्लँदै च्याम्यियन्स लिगको ढोकानजिक पुगेको छ ।
प्रिमियर लिगमा शीर्ष चारले मात्र अर्को वर्ष च्याम्पियन्स लिग खेल्न पाउँछन् । यसअघि सातौं स्थानमा रहेको युनाइटेड पाँचौमा उक्लिएसँगै च्याम्पियन्स लिगको ढोकानजिक पुगेको हो ।
गएराति हार ब्यहोरेपछि यसअघि पाँचौ स्थानमा रहेको आर्सनल भने छैँटौमा झरेको छ । आर्सनलको हारले युनाइटेडलाई फाइदा पुगेको छ ।
युनाइटेड चौथो स्थानको होटनहम हटस्परभन्दा तीन अंकले टाढा छ ।
प्रिमियर लिगमा युनाइटेडले अझै ६ खेल खेल्न बाँकी छ । यी खेलमा आफूअनुकुल नतिजा ल्याएमा युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया