हास्य टेलिश्रृंखला मेरीबास्सैमा फर्किए धुर्मुस
काठमाडौं । हास्य कलाकार सीताराम कट्टेलले साना तथा ठूला पर्दामा विभिन्न भूमिका निभाएका छन् । उनले निभाएका भूमिकामा विविधता भए पनि हास्य टेलिश्रृंखला मेरी बास्सैमा सीतारामले गरेको धुर्मुसको क्यारेक्टर दर्शकले सर्वाधिक रुचाए ।
पछि सीताराम मेरीबास्सैबाट अलग मात्र भएनन्, धुर्मुसको क्यारेक्टर पनि छाडिदिए । सीताराम हास्य टेलिश्रृंखलाबाट अलग बनेको पनि लामो समय भइसकेको छ । र पनि दर्शकले उनलाई सबैभन्दा बढी धुर्मुसकै रूपमा चिन्छन् । चिन्छन् मात्र होइन, खोजी पनि रहेका छन् । । धुर्मुस यसरी हाबी भइदिँदा सीताराम कट्टेल भने ओझेलिएको ओझेलियै छ ।
सक्रिय अभिनयबाट केही समय हराएका उनै सीताराम पुनः कमब्याक हुँदैछन्, फिल्म लज्जा शरणमबाट ।
लामो संघर्षपछि मेरीबास्सैमा अवसर पाएका सीतारामले करिअरमा उकाली र अाेराली झेलेकै छन् । तर उनले धुर्मुसको क्यारेक्टर गरेपछि अभिनय करिअरबाट पछि फर्किएर भने अहिलेसम्म हेर्नु परेको छैन ।
उनै सीताराम आफूलाई कलाकारितामा परिचित गराउने पुरानो क्यारेक्टर धुर्मुसकाे भूमिकामा मेरी बास्सैबाटै फर्किने भएका छन् । कट्टेल आफैंले सामाजिक सञ्जालमार्फत पुनः मेरीबास्सैमा फर्किएको उल्लेख गरेका छन् । ‘करिब ६ वर्षपछि पुनः मेरी बास्सैमा । जय लाज शरणम्,’ धुर्मुसले लेखेका छन् ।
मेरीबास्सैमा अब उनी नियमित देखिने छन् कि भाइ कुमार कट्टेल निर्देशित फिल्मको प्रवर्द्धनका लागि मात्रै गएका हुन् भन्नेचाहिँ उनले खुलाएका छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया