पोखराको मेयर बन्न कांग्रेसमा गण्डकीका मन्त्रीसहित १८ जनाको आवेदन
काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवार बन्नका लागि सत्तारुढ दल नेपाली कांग्रेसमा गण्डकी प्रदेशका मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् ।
आइतबार कांग्रेस महानगर समितिमा गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री विन्दूकुमार थापासहित १८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
महानगर कमिटी पोखराले दिएको जानकारीअनुसार आइतबार बिहानदेखि ४ बजेसम्मका लागि निवेदन दिन आह्वान गरेको थियो ।
उम्मेदवारका लागि आवेदन दिनेमा कृष्णबहादुर केसी, परमेश्वर पोखरेल, सुदीपमोहन भट्टराई, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, सरस्वती गुरुङ रहेका छन् ।
त्यस्तै गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुच्छे, नन्दप्रसाद तिवारी, विश्वशंकर पालिखे, किशोरदत्त बराल र बाबुराम गिरी छन् । यसैगरी गणेशबहादुर भट्टराई, किरण केसी, कोपिला रानाभाट, विश्व घिमिरे र ऋषि सापकोटा पनि छन् ।
आइतबार बसेको गठबन्धनको बैठकले ६ महानगरसहित ११ उपमहानगरमा उम्मेदवारको छनोटको विषय सोमबार टुंग्याउने सहमति गरेको थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया