पृथ्वी राजमार्गमा तीन सवारीसाधन ठोक्किए : एक जनाको मृत्यु, १६ घाइते
काठमाडौं । धादिङस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा एकजना यात्रुको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएकी मुना गुरुङको मृत्यु भएको हो । उनी तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत रहेको धादिङ प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो, विपरीत दिशाबाट आउँदै गरेको बा९च ७०३६ नम्बरको कार र ना६ख २०१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा सामान्य घाइते भएका दुईजना उपचारपछि घर फर्किसकेका छन् । बाँकी घाइते सामान्य उपचा पछि थप उपाचारको लागि काठमाडौं ल्याइएको छ ।
दुर्घटनापछि ट्रकको चालक फरार रहेका छन् भने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत
-
कांग्रेसले असंसदीय व्यवहार देखायो : प्रधानमन्त्री दाहाल
-
विश्वासको मत लिदै प्रधानमन्त्रीले भने, ‘कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ’
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
प्रतिक्रिया