एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । एकीकृत समाजवादीको बागमती प्रदेश सह–इन्चार्जसमेत रहेका सापकोटाको बिहीबार बिहान ३ः५० बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि सापकोटालाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको आज बिहान निधन भएको सो पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबीसे स्थायी ठेगना भएका सापकोटा ५९ वर्षका थिए ।
पञ्चायतकालविरुद्ध संघर्षमा उत्रिएका सापकोटाले विद्यार्थी राजनीति हुँदै एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । कुनै बेला नेकपा एमालेको काभ्रे सचिव रहेका सापकोटा ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा विजयी भएका थिए । माधवकुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि सापकोटा पनि एमाले छाडेर उक्त दलमा सक्रिय थिए ।
सापकोटाको बिहीबार नै अन्त्यष्टि गर्ने तयारी गरिएको छ । त्यसअघि अहिले बिहान १० बजे अन्तिम श्रद्धाञ्जलीका पार्टी कार्यालयमा उनको शव राखिने एकीकृत समाजवादीले जनाएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया