एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । एकीकृत समाजवादीको बागमती प्रदेश सह–इन्चार्जसमेत रहेका सापकोटाको बिहीबार बिहान ३ः५० बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि सापकोटालाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको आज बिहान निधन भएको सो पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबीसे स्थायी ठेगना भएका सापकोटा ५९ वर्षका थिए ।
पञ्चायतकालविरुद्ध संघर्षमा उत्रिएका सापकोटाले विद्यार्थी राजनीति हुँदै एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । कुनै बेला नेकपा एमालेको काभ्रे सचिव रहेका सापकोटा ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा विजयी भएका थिए । माधवकुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि सापकोटा पनि एमाले छाडेर उक्त दलमा सक्रिय थिए ।
सापकोटाको बिहीबार नै अन्त्यष्टि गर्ने तयारी गरिएको छ । त्यसअघि अहिले बिहान १० बजे अन्तिम श्रद्धाञ्जलीका पार्टी कार्यालयमा उनको शव राखिने एकीकृत समाजवादीले जनाएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया