आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा वैशाख १४ मा, यस्ता छन् एजेण्डा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा यसै महिना हुने भएको छ । कम्पनीले आइतबार सूचना जारी गर्दै साधारणसभा आउँदो वैशाख १४ मा गर्ने जानकारी दिएको हो ।
साधारणसभा काठमाडौंको र्याडिसन होटलमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम सेयरधनीलाई उपस्थितिको लागि अनुरोध गरेको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष ०७६-७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ,आव ०७६-०७७ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसम्बन्धी अनुसूची पारित गर्नेछ ।
साथै, आव ०७७-७८ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेकोसमेत गरिएको छ ।
त्यस्तै विशेष प्रस्तावअन्तर्गत सर्वसाधारणलाई छुट्टाएको सेयर जारी गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया