अध्यादेश पारित गर्ने उपाय एमालेसँग छ : योगेश भट्टराई
कर्णाली । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उनले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे ।
सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुने दाबी गरे । “राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौं र पारित हुने उपाय हामीसँग छ । यद्यपि त्यसबारे अहिले नै म भन्न चाहन्न,” उनले भने
यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ती सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभर्इ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, “विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।”
कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उनले बताए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया