पल प्रकरण : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्
काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छिन् ।
उनले आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा बयान फेरेकी हुन् । उनले जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताउँदै अभिनेता शाहले आफूमाथि करणी नगरेको बयान दिएको उनको पक्षमा वकालत गरिहेका एक कानुन व्यवसायीले बताए ।
अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी छिन् । उनका बुवाको बकपत्र भने बाँकी छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया