पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि पूजाको प्रतिक्रिया : थ्याङ्क यु गड !
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेको समाचार बाहिर आएपछि नायिका पूजा शर्माले भगवान्लाई धन्यवाद दिएकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन् ।
उनले जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताउँदै अभिनेता पलले आफूमाथि करणी नगरेको बयान दिएको थाहा पाएपछि पूजाले सामाजिक सञ्जाल (फेसबुक)मा ‘थ्याङ्क यु गड’ लेखेकी हुन् ।
पूजा ‘म यस्तो गीत गाउँछु–२’ चलचित्रकी अभिनेत्रीसँगै निर्माता पनि हुन् । सोही चलचित्रमा पलले समेत अभिनय गरेका थिए ।
बलात्कार आरोपमा पललाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी अदालतमा मुद्दा चलाएको थियो । पक्राउपछि पूजाले पल निर्दोष भएको बताउँदै आएकी थिइन् । पलको मुद्दा अहिले उच्च अदालत पोखरामा विचाराधिन रहेको छ ।
पल प्रकरणमा नयाँ ट्वीस्ट : पीडित भनिएकी नाबालिगले बयान फेरे अब के हुन्छ ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया