पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि पूजाको प्रतिक्रिया : थ्याङ्क यु गड !
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेको समाचार बाहिर आएपछि नायिका पूजा शर्माले भगवान्लाई धन्यवाद दिएकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन् ।
उनले जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताउँदै अभिनेता पलले आफूमाथि करणी नगरेको बयान दिएको थाहा पाएपछि पूजाले सामाजिक सञ्जाल (फेसबुक)मा ‘थ्याङ्क यु गड’ लेखेकी हुन् ।
पूजा ‘म यस्तो गीत गाउँछु–२’ चलचित्रकी अभिनेत्रीसँगै निर्माता पनि हुन् । सोही चलचित्रमा पलले समेत अभिनय गरेका थिए ।
बलात्कार आरोपमा पललाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी अदालतमा मुद्दा चलाएको थियो । पक्राउपछि पूजाले पल निर्दोष भएको बताउँदै आएकी थिइन् । पलको मुद्दा अहिले उच्च अदालत पोखरामा विचाराधिन रहेको छ ।
पल प्रकरणमा नयाँ ट्वीस्ट : पीडित भनिएकी नाबालिगले बयान फेरे अब के हुन्छ ?
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया