माओवादीले साथ नदिएपछि कांग्रेस र एमाले साना भए : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दलको ओत पाएर ठूला बनेका नेपाली कांग्रेस र नेकपा (एमाले) साथ छाडेपछि सानो बनेको दाबी गरेका छन् ।
पार्टीले सञ्चालन गरेको जागरण अभियानका क्रममा विराटनगर पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् ।
देशको आवश्यकताअनुसार सहकार्य गरेर अघि बढ्ने क्रममा माओवादीले कांग्रेस र एमालेलाई ठूलो दल बनाइदिएको प्रचण्डको भनाइ छ ।
‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो । देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो,’ उनले भने, ‘उनीहरू आफैं ठूला भएका होइनन् । जब हामीले छौड्यौं उनीहरू ठूलो हुन पनि छोडे ।’
हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामलाई उनले त्यसको प्रमाणका रूपमा दर्ज गरे । स्थानीय तहको उपनिर्वाचन परिणाममा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो बनेका थिए ।
भ्रष्टाचारीविरुद्ध आफू नेतृत्वको सरकार निर्मम ढंगले अघि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बनाइएकोे र यो सरकारले अहिले भ्रष्टाचारीको संरक्षणलाई प्राथमिकतामा राखेको उनले दोहो–याए ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया