नेपाल लाइफको बीमालेख नवीकरण विलम्ब शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गर्दै कम्पनीले यस्तो सहुलियत दिन लागेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले १८० दिनभन्दा बढी समय भइसकेका बीमालेखहरूमा फागुन १५ देखि आगामी जेठ १३ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुने जानकारी दिए ।
बीमितहरूको हितलाई मध्यनजर गर्दै एक पटकका लागि यस्तो योजना ल्याइएको उनको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया