बालबालिका अपहरण गरेर बेचबिखन गर्नेलाई चीनमा मृत्युदण्ड
काठमाडौं (एजेन्सी) । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो ।
सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो ।
सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो । युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपिल गरेपनि उहाँको अपिल अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाईपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो ।
अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया