रहिनन् नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठ
काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया श्रेष्ठको शुक्रबार महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि श्रेष्ठ केही दिनअघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएकी थिइन् । सघन उपचारकक्ष (आईसीयु) मा राखेर गरिएको उपचारले स्वास्थ्यमा सुधार आएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमा उपचाररत रहेकै बेला शुक्रबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।
श्रेष्ठ नेपालको पहिलो न्यायाधीश हुनुका साथै सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश थिइन् । ०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी उनले २० जेठ ०६५ मा त्यहाँबाट अवकाश पाएकी थिइन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया