रहिनन् नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठ
काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया श्रेष्ठको शुक्रबार महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि श्रेष्ठ केही दिनअघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएकी थिइन् । सघन उपचारकक्ष (आईसीयु) मा राखेर गरिएको उपचारले स्वास्थ्यमा सुधार आएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमा उपचाररत रहेकै बेला शुक्रबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।
श्रेष्ठ नेपालको पहिलो न्यायाधीश हुनुका साथै सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश थिइन् । ०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी उनले २० जेठ ०६५ मा त्यहाँबाट अवकाश पाएकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया