अब सरकारी अस्पतालले बीमाको औषधि छैन भन्न पाउँदैनन् : स्वास्थ्य मन्त्री
इलाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् ।
इलाम अस्पतालको आइतबार बिहान अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकेका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् ।
उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो । तोकिएका औषधि अस्पतालले अनिवार्य राख्नुपर्छ ।” सरकार तथा स्वास्थ्य बीमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ ।
चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट सरकारी अस्पताललाई नरहेको पनि उनले बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।
बीमाको व्यवस्थापनमा केही समस्या भएको स्वीकार गर्दै उनले त्यसलाई सरकारले सुधार गर्न लागेको बताए ।
चिकित्सकको रोजाइमा सुगम पर्ने गरेको उल्लेख गर्दै उनले सरकारले खटाएको स्थानमा अनिवार्य रूपमा जानुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया