NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

थापाथलीमा पनि फुट्यो मेलम्ची खानेपानी आयोजनाको पाइप

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने पाइप थापाथलीमा फुटेको छ । थापाथली चोकबाट प्रसूति अस्पताल आउने सडकको बीचमा मंगलबार बिहान मेलम्चीको पाइप फुटेको हो ।

मेलम्चीको पाइप फुटेर निस्किएको पानीले वरपरको पसल केहीबेर जलमग्न बनेकाे थियाे । पाइपबाट निस्किएकाे पानीकाे फाेहाेराले भत्काएकाले  सडकसमेत अवरुद्ध बनेको छ ।

पाइप फुटेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीले तत्कालै बन्द गरेका थिए । त्यसैले थप क्षति भने हुन पाएन ।

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने प्रणालीको पाइप फुट्नुको कारण खुलेको छैन ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक अवरुद्ध बनेको यो दोस्रो घटना हो । यसअघि काठमाडौंको बबरमहलमा पनि यसैगरी उक्त आयोजनाको पाइप फुट्दा सडकमा बाढी आएको थियो । बाढीका कारण बिग्रिएको सडक अझै पुनर्निर्माण हुन सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष