सत्तासाझेदार दल कांग्रेसका नेताको आरोप– प्रधानमन्त्रीले जनता झुक्याए
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता झुक्याइरहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनता ढाँटेको बताए ।
‘२०८७ सालमा संविधान संशोधन गर्छौं भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ जनतालाई सोझै झुक्याउने कुरा हो,’ नेता केसीले भने, ‘यो सरकार गठनपूर्व कांग्रेस र एमालेबीच भएको सहमतिविपरीत पनि छ ।’
संविधान संशोधनलाई पर धकेल्न नहुने उल्लेख गर्दै उनले सत्ताभित्र र बाहिर रहेका सबै दलबीच छलफल तथा संवाद गरेर यसलाई अघि बढाउनुपर्नेमा जोड दिए । सर्वदलीय समिति बनाएर त्यसका आधारमा संविधान संशोधन गर्न उपयुक्त हुने नेता केसीको सुझाव छ ।
नेता केसीले सरकार गठनका बेला भएका ७ बुँदे समझदारीअनुसार सरकारले काम नगरेको आरोप पनि लगाए । उनले आफ्ना मन्त्रीहरूमा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गर्दै उनीहरूका कामप्रति असन्तुष्टि जनाए ।
संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको भन्दै उनले त्यसलाई सच्याउन पनि सरकारलाई आग्रह गरे ।
ताजा अपडेट
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


प्रतिक्रिया