NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

सत्तासाझेदार दल कांग्रेसका नेताको आरोप– प्रधानमन्त्रीले जनता झुक्याए

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता झुक्याइरहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनता ढाँटेको बताए ।

‘२०८७ सालमा संविधान संशोधन गर्छौं भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ जनतालाई सोझै झुक्याउने कुरा हो,’ नेता केसीले भने, ‘यो सरकार गठनपूर्व कांग्रेस र एमालेबीच भएको सहमतिविपरीत पनि छ ।’

संविधान संशोधनलाई पर धकेल्न नहुने उल्लेख गर्दै उनले सत्ताभित्र र बाहिर रहेका सबै दलबीच छलफल तथा संवाद गरेर यसलाई अघि बढाउनुपर्नेमा जोड दिए । सर्वदलीय समिति बनाएर त्यसका आधारमा संविधान संशोधन गर्न उपयुक्त हुने नेता केसीको सुझाव छ ।

नेता केसीले सरकार गठनका बेला भएका ७ बुँदे समझदारीअनुसार सरकारले काम नगरेको आरोप पनि लगाए । उनले आफ्ना मन्त्रीहरूमा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गर्दै उनीहरूका कामप्रति असन्तुष्टि जनाए ।

संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको भन्दै उनले त्यसलाई सच्याउन पनि सरकारलाई आग्रह गरे ।

ताजा अपडेट

नेपालवाच विशेष