रियादमा अब नियमित उडान, तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ ।
‘निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौँ । निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौँ । हाम्रो यात्रा जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया