NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसद  खतिवडाको माग

काठमाडौँ। प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद रामहरी खतिवडाले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेको छन् ।

बैठकको आखतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने  माग गरे ।

उनले भने, “अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गरियोस् । गैरसरकारी सस्था वा अन्तराष्ट्रिय गैरसकारी सस्था मार्फत् प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस् ।”

उनले अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फिर्ता पठाइएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसद्को पास स्थगन गरिएको भन्ने विषय उठान बारे पनि उनले सदन मार्फत सरकारको ध्यानाकर्षण गराए ।

ताजा अपडेट

नेपालवाच विशेष