महिला न्यायाधीश सम्मेलन सोमबार
काठमाडौँ । अन्तरराष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार यहाँ ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ ।
सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु,सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरु गरी ६० जनाको सहभागिता रहनेछ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ । यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।
ताजा अपडेट
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ


प्रतिक्रिया