रवीन्द्र मिश्रको दाबी– सूर्यराज आचार्य पनि राजसंस्थाको पक्षमा देखिनु भो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले योजनाकार तथा नीति विश्लेषक प्रा.डा. सूर्यराज आचार्य राजनीतिक मार्ग परिवर्तन गरेर राजसंस्थाको पक्षमा देखिएको बताएका छन् ।
राजसंस्थाको पक्षमा माहोल बनाउन सक्रिय मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै आचार्य राजसंस्थाको पक्षमा खुलेको दाबी गरेका हुन् ।
‘अब संविधान र राज्य प्रणालीमा गरिनुपर्ने हेरफेरमा राजसंस्थालाई पनि स्थान दिनुपर्ने अवस्था सिर्जना भएको छ,’ डा. आचार्यको भनाइ उद्धृत गर्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।
यद्यपि, आचार्य आफैंले भने सार्वजनिक रूपमा यस विषयमा मुख खोलेका छैनन् ।
केही समय रवीन्द्र मिश्रले सञ्चालन गरेको साझा पार्टीमा समेत आबद्ध आचार्यलाई वामपन्थी पृष्ठभूमिका विश्लेषकका रूपमा पनि हेर्ने गरिन्छ । मिश्र गणतन्त्रको एजेण्डा छाडेर राजतन्त्रको पक्षमा उभिँदा आचार्य असन्तुष्ट बनेका थिए ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया