युक्रेनमा दैनिक ३० हजार नागरिक स्वदेश फर्किदै
किएभ । रुसी आक्रमणको करिब डेढ महिनापछि युक्रेनी सहरहरूमा अलिअलि भए पनि परिवर्तन आउन थालेको छ । अहिले युक्रेनीहरू देश फर्किरहेका छन् । संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार हरेक दिन ३० हजारभन्दा बढी मानिस युक्रेन फर्किरहेका छन् ।
युद्ध सुरू भएपछि देश छाेडेर हिँडेकाहरू पश्चिमी युक्रेन र छिमेकी देशहरूमा बस्दै आएका थिए । युक्रेनले वयस्क पुरुषलाई देश छाड्न प्रतिबन्ध लगाएका कारण फर्किनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
रुसी सेनाहरू अहिले राजधानी किएभ र वरपरका सहरहरूबाट फर्किरहेका छन् । यही कारणले गर्दा अधिकांश युक्रेनीहरू किएभ फर्किन थालेका हुन् ।
युद्ध सुरु भएको झन्डै दुई महिना पुग्न लाग्दा ७० लाखभन्दा बढी मानिस देशभित्र र बाहिर विस्थापित भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमले जनाएको छ ।
रुसले अझै पनि युक्रेनका धेरै सहरमा बम विस्फोट गरिरहेको छ । रुसले आइतबार युक्रेनी सेनालाई मरिउपोलमा आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो । तर युक्रेनी सेनाले आत्मसमर्पण गर्न अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया