मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको छ ।
सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरे ।
सांसद पाण्डेले भने, “सरकारले सदनलाई हेपिरहेको छ, संसद्मा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस् ।”
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगत गरे।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया