एमालेका वडाध्यक्षले कुटे प्रअ

काठमाडौं । दाङमा वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेका छन् ।
जिल्लाको घोराही उपमहानगरपालिका– १४ का वडाध्यक्ष भान सिं बुढाले शुभ प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथि कुटपिट गरेका हुन्। बुढा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवारी दिएर वडाध्यक्षमा विजयी बनेका थिए ।
बुधबार उक्त विद्यालयको व्यवस्थापन समिति गठनका लागि भेला बोलाइएको थियो । भेलामा निकै कम अभिभावक उपस्थित भएपछि प्रधानाध्यापक रुद्रले अर्को भेला बोलाउनुपर्ने मत राखेका थिए भने वडाध्यक्षले आफूनिकटका व्यक्तिलाई बनाउन दबाब दिएका थिए । यही विषयमा विवाद चर्किंदै जाँदा वडाध्यक्ष र उनका समर्थकले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् ।
सुरुमा वडाध्यक्षले प्रधानाध्यापक रुद्रमाथि आक्रमण गरेका थिए । त्यसपछि उनका १०–१२ जना समर्थकले उनीमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
वडाध्यक्ष बुढाले भने प्रधानाध्यापकमाथि कुटपिट गरेको अस्वीकार गरेका छन् । व्यवस्थापन समितिका अध्यक्ष चयन सम्बन्धी निर्णय माइन्युट गर्न अस्वीकार गरेकाले अभिभावकले नै उनीमाथि कुटपिट गरेको उनको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफूले सिफारिस गरेको व्यक्तिमा समर्थन नजनाएको विषयलाई लिएर वडाध्यक्षमाथि भएको कुटपिटको विभिन्न संघ–संगठनले विरोध गरेका छन् ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया