१७ पटक चुनाव हारेका राष्ट्रपति हुने, ६ पटक फेल हुनेले लोक सेवा दिन नपाउने ? : शाही
काठमाडौं । ६ पटक लोक सेवा अनुत्तीर्ण भएकाले परीक्षा दिन नपाउने गरी कानून निर्माणको तयारी गरिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति प्रकट गरेका छन् । नागरिकको नैसर्गिक हक खोस्न लागिएको भन्दै उनले सरकारले त्यसो गर्न नपाउने बताए ।
‘१७ पटक प्रधानमन्त्रीको चुनाव हारेका मान्छे राष्ट्रपति हुन पाउने तर छ पटकभन्दा बढी लोक सेवा आयोगको परिक्षा दिन नपाउने यो कस्तो व्यवस्था हो सरकार,’ शाहीले कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
जबसम्म लोक सेवा आयोग दिनका लागि नागरिक योग्य हुन्छन्, तबसम्म दिनुपर्ने शाहीको भनाइ छ ।
‘सरकारलाई म अनुरोध गर्न चाहन्छु, जबसम्म लोक सेवा आयोग दिनका लागि योग्य हुन्छन्, तबसम्म परीक्षा दिन पाउनु पर्दछ। नागरिकको नैसर्गिक हकलाई छिन्न पाइँदैन,’ शाहीको तर्क छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्न प्रस्ताव गरिएको छ । यसमाथि अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया