NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

नेपाल लाइफले पायो तीन सञ्चालक समिति सदस्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन सञ्चालक समिति सदस्य पाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित सर्वसाधारण सेयरधनीहरू (समूह ख) को सञ्चालक निर्वाचन कार्यक्रम चैत २ गते वीरगञ्जमा सम्पन्न भएको थियो । उक्त निर्वाचनले तीन जनालाई सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको हो ।

निर्वाचित हुनेमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन छन् ।

नवनिर्वाचित सञ्चालक समिति सदस्यले सोही दिन पद तथा गोपनियताको सपथ लिँदै पदबहालीसमेत गरेका छन् । नवनिर्वाचित सदस्यहरूले बीमा ऐन, २०७९ बमोजिम अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरेका हुन् ।