कुलमान हटाउने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध मंगलबार बिहान प्रदर्शन भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको प्रदर्शनीमार्गमा सरकारले गरेको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसक्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै कुलमान हटाउने निर्णय फिर्ता लिन माग गरेका थिए ।
विद्यार्थीहरूले ऊर्जा मन्त्री दीपक खड्काको पुत्लासमेत जलाए । मन्त्रीको पुत्ला दहनपछि प्रहरीले हस्तक्षेपको प्रयास गर्दा केहीबेर तनावसमेत भएको थियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गोप्य राखेको निर्णय मन्त्रीले सार्वजनिक गरिदिएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया